चार्ल्स शोभराज आजै थुनामुक्त हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् ।

शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए ।

रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण गरिँदैछ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्