जनमुखी काम गरे सरकारलाई समर्थन हुन्छ: राजेन्द्र लिङ्देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

अहिलेको गठबन्धनले नै सरकार बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरू गर्न तयार रहेको उनको भनाइ छ। पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको उल्लेख गर्दै उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने स्पष्ट पारेका छन्।

‘नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ, स्थिरताको लागि। नत्र अहिलेको गठबन्धनले बनाओस्। त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ। हामी सरकारमा जान अकारण समर्थन गर्दैनौँ। सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ। अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ । सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकारले फरक ढङ्गका हिसाबबाट सरकार बन्नुपर्छ। त्यो ढङ्गमा मात्रै समर्थन हुन्छ,’ लिङ्देनले भने।

प्रतिक्रिया दिनुहोस्

Array