नेकपा माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने भएको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको उपहासचिव गिरिराजमणि पोखरेलले बताए।

‘अध्यक्षलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय भएको छ। पदाधिकारी बैठकको त्यस निर्णयलाई संसदीय दलले अनुमोदन गर्नेछ,’ उनले भने।

यस्तै बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ। सिंहदरबारमा केहीबेरमा बस्ने संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्नेछ।

दलको उपनेतामा भने उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन्। यस विषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array