नेप्सेमा सामान्य गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ ।

बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.२८ प्रतिशत र व्यापार उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएपछि सकारले आन्तरिक ऋण उठाउन तथा पुनर्कर्जा नवीकरण नहुँदा तरलताको दबाव कायम रहेन अवस्थामा बैंकहरुले तत्काल ब्याजदर घटाएनन् । जसले गर्दा सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उत्साह देखिंदैन । जसले गर्दा नेप्सेमा समान्य उतारचढाव भएपनि अन्तिममा करिब अघिल्लो दिनकै नजिक नेप्से बन्द भएको छ ।

बजार परिसूचक नेप्से स्थिर भएपनि कारोबार रकम भने बढेको छ । बुधबार ९० करोड पनि नपुगेको कारोबार रकम बिहिबार भने अर्ब नाघेको छ । बिहीबार बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ । जसमध्ये ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको नेपाल दूरसञ्चार कम्पनीको सेयर १४ करोड ९९ लाख ५० हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ६९ लाख ६५ हजार र नबिल बैंकको ५ करोड ३१ लाख ६७ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array