पर्सामा करेन्ट लगाएर श्रीमतीको हत्या, दुर्घटना देखाउन गाडीले किचियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पर्सामा ३० वर्षीया श्रीमतीको रिंकु कुमारीको हत्या गरेको आरोपमा श्रीमानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ३४ वर्षीय कुशल दाससहित दुईजना छन् ।

दासकी श्रीमती आफ्नै घर अगाडिको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो ।

घटनाको थप अनुसन्धान गर्न खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागि कुशललाई नियन्त्रणमा लिई सोधुपछ गरेको थियो । सो क्रममा उनले श्रीमती पर–पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको बताएका थिए ।

हत्या पछि कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेकोसमेत अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका–१७ अलौस्थित शिवम् ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै  कुशलको भाई भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array