मौसम खुलेसँगै त्रिभुवन विमानस्थलबाट उडान नियमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ ।

भुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो ।
कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको छ । कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array