नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर प्रयोजनका लागि १.१५ प्रतिशतका दरले ६९ लाख ४७ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कूल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्