सुनको भाउ आज पनि बढ्यो, कति पुग्यो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।

- Advertisement -
Ad imageAd image

पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धि देखिँदै आएको छ । यही महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य यतिबेला १ लाख १५ सय रूपैयाँ पुगिसकेको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्