हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,” उनले भने ।

मौसममा सुधार आएपछि नियमित रूपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array