बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. शर्मा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सञ्जिवकुमार शर्मा नियुक्त भएका छन्। उनलाई स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले नियुक्त गरेका हुन्।

प्रतिष्ठानको पूर्व मेडिसिन विभाग प्रमुख तथ मिर्गौला तथा मुटुरोग विशेषज्ञ रहेका शर्माले बिहिबार कार्यभार सम्मलेका छन्। उनलाई प्रतिष्ठानका निवर्तमान रेक्टर डाक्टर गुरु खनाल लगायतका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए। नव नियुक्त रेक्टर शर्माले आफ्नो कार्यकालमा प्रतिष्ठानको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा व्यापक परिवर्तन गर्ने प्रतिवद्धता जनाएका छन्। उनले प्रतिष्ठानको सुधारका लागि यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई समेत सहयोग गर्न अनुरोध गरेका छन्।

- Advertisement -
Ad imageAd image

प्रतिष्ठान बचाउन सबै एकजुट भए मात्र सम्भव हुने भन्दै शर्माले आफ्नो कार्यकालमा कुनै पनि नराम्रो नियम विपरितका काम नगर्ने बताए। शर्मा प्रतिष्ठानका कुशल र इमानदार चिकित्सकका रुपमा चिनिन्छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्