गण्डकी प्रदेश सभा सांसदको शपथ पुस १४ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।

पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

- Advertisement -
Ad image

शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ । शपथ लिन आउन मातृभाषामा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ ।

प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्