नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ८६ करोडमा सीमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घटेको छ । मंगलबार १४.२२ अंकले बढेको नेप्से परिसूचक यस दिन ०.३१ प्रतिशतले घटेर एक हजार ८६७.२२ को विन्दुमा पुगेको छ ।

बुधबार २५२ कम्पनीका २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँबराबरमा कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ३६५.३४ को विन्दुेमा पुगको छ ।

१३ उपसमूहमध्ये वाणिज्य बैंकिङ समूहको समूहगत सूचक मात्र उकालो लागेको छ । बैंकिङ समूहको समूहगत सूचक ०.२७ प्रतिशतले बढेको छ । १२ उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

बुधबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.२८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array