माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अहिले अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाललाई भेट्न प्रचण्डसहित अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array