पार्टीलाई व्यवधानमुक्त राख्नेछु : देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने बताएका छन् । बुधबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा सांसदहरूलाई धन्यवाद व्यक्त गरे । उनले अबका दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान आफू प्रतिबद्ध रहेको बताए ।

“सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु,” देउवाले भने ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: