महानगरले धोबीखोला क्षेत्रको अवैध टहरामा डोजर चलाउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले बुधबार अनामनगरस्थित धोबीखोला क्षेत्रका ‘अवैध’ संरचनामा डोजर चलाउने भएको छ । महानगरका नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार देवीनगर आसपासका टहरा भत्काउन लागिएको हो ।

उनले अहिले आफू केही बेरमा सो क्षेत्रमा पुग्ने बताए । पटक–पटक आफैँ हट्न ‘अल्टिमेटम’ दिँदा पनि नटेरेपछि डोजर चलाउन लागेको अर्यालको भनाइ छ ।

महानगरले गएको साउन १ गते ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउने अभियान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array