शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित, गगनले ल्याए २५ मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन्।

- Advertisement -
Ad image

आजको निर्वाचनमा ८९ जनाले मतदान गरेका थिए। ती मध्ये शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ।

२०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा पनि देउवा नै निर्वाचित भए थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्