कांग्रेस संसदीय दलको निर्वाचन आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।

सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

महामन्त्री थापाको प्रस्ताव डा। शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।

यसैबीच, देउवाको पक्षमा रहेका भनिएका प्रकाशमान सिंह, शशांक कोइराला लगायत नेताको घरमै पुगेर थापाले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array