पाकिस्तानमा तालिवान आतंक, फिल्मी शैलीमा तीन दिनदेखि दर्जनौ पुलिस बन्धक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

तालिवानका केही लडाकुले पाकिस्तानको उत्तर पश्चिमको ख़ैबर पख़्तूनख़्वा प्रान्त स्थित  बन्नू कैंटको प्रतिआतंकवाद केन्द्र कब्जागरि दर्जनौ पुलिसलाई ३ दिनदेखि बन्धक बनाएका छन् । यसमा कयौको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । तर पाकिस्तान सरकारले यसको पुष्टी गरेको छैन ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाए अनुसार बन्धकको उद्दारगर्न तालिवान लडाकु र सरकारबीच भएको वार्ता असफल भएको छ । पाकिस्तानी शुरक्षाबलले बन्धकलाई मुक्त गर्न अभियान चलाएको छ र सेनालाई समेत तयारी अवस्थामा राखिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार यो प्रतिआतंकवाद केन्द्रमा एक तालिवानी लडाकुलाई गिरफ्तार गरि राखिएको थियो । आइतवार उक्त लडाकुले पुलिसको AK -47  बन्दुक छिन्यो र अन्धाधुन्द गोलि चलायो । उक्त तालिवानीले त्यहाँ कैद रहेका अन्य तालिवानी र अन्य मुश्लिम चरमपन्थीलाई मुक्त गरायो । त्यसपछि सवै मिलेर थप बन्दुक पुलिसबाट लुटे र त्यहाँ रहेका सवै पुलिसकर्मीलाई बन्धक बनाए ।

अहिले त्यहाँ शुरक्षाकर्मीले घेराबन्धी गरेका छन् । बन्नू जिल्लाका सवै स्कुल कलेज बन्द गरिएको छ । कैंट जाने सवै बाटाहरू सिल गरिएको छ । मेडिकल इमर्जेन्सी समेत लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्