परिवर्तन र रूपान्तरण गर्न सक्ने भएकाले गगनलाई मेरो समर्थन: शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति भएकाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।

संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुअघि सोमबार सिंहदरबारअगाडि रहेको बसेरा होटेलमा भएको संस्थापनइतर समूहको बैठकमा शेखरले १४ औँ महाधिवेशनमा पनि आफूहरू परिवर्तन र रूपान्तरणका लागि लागेको बताए।

- Advertisement -
Ad imageAd image

‘हामी परिवर्तन र रूपान्तरणका लागि १४ औँ महाधिवेशनमा एकजुट भएका थियौँ। त्यो परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति गगन थापा भएकाले मैले उनलाई हाम्रोतर्फबाट संसदीय दलको नेतामा प्रस्ताव गर्छु,’ शेखरले बैठकमा भने।

संस्थापनइतर समूहले आफूहरूसँग ३२ सांसद पुगेको दाबी गरेको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि जोडिँदा संख्या बढ्ने नेताहरूले बताएका छन्।

प्रतिनिधि सभामा काँग्रेसका ८९ जना सांसद छन्। संस्थापन समूहबाट काँग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बन्दै छन्।

काँग्रेस संसदीय दलको नेताका लागि भोलि मङ्गलवार चुनाव हुँदैछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्