काठमाडौँ – नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।
मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेको साथै समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएका हुन् ।
उनले प्रेस वक्तव्य जारी गर्दै आफ्नो राजीनामाबाट पार्टीपंक्ति र मुस्लिम मुक्ति मोर्चा नेपाल सम्बद्ध सबै सदस्यमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेका छन् ।
माओवादी केन्द्रबाट प्रदेशसभा तर्फ रुपन्देही क्षेत्र नं. २ को ‘२’ मा बामदेव क्षेत्री र ५ को ‘१’ मा विनोद पहाडी उम्मेदवार थिए । उनीहरु पनि पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्