शाहरुख खान आतंकवादी हो : योगी आदित्यनाथ (मुख्य मन्त्री – उत्तर प्रदेश)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa
योगी आदित्यनाथ - फाइल फोटो
योगी आदित्यनाथ - फाइल फोटो

भारतको उत्तर प्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथले भारतीय प्रख्यात कलाकार शाहरुख खानलाई आतंकवादी भएको आरोप लगाएका छन् । गोरखनाथपीठ गोरखपुरका मठाधिस समेत रहेका मुख्य मन्त्री योगी आदित्यनाथले शाहरुख खानलाई लस्कर ए तोएवाका नेता एवम् सहसस्थापक हफिज सइदको भारतीय भर्सन भएको बताएका छन् ।

ha
हफिज सइद

भारतमा अहिले भगवा रंग विवाद चरम उत्कर्षमा पुगेको छ । भगवा रंग हिन्दू साधुले सन्यास ग्रहण गरेपछि प्रयोग गर्ने कपडाको रंग रहेको छ । यसलाई हिन्दूहरू आफ्नो पवित्र रंग मान्दछन् । शाहरुख खानले बनाएको चलचित्र “पठान” को एक गीतमा नायिका दिपिका पादुणकोडले प्रयोग गरेका कपडा मद्धे एक पहिरन भगवा रङ्गको भएकोले विवाद भएको छ ।

विवाद भएको “पठान”को दृश्य

यस विवादमा बोल्दै मुख्य मन्त्री योगी आदित्यनाथले साहरुख खानले हिन्दू समाजको अपमान गरेको र शाहरुख खान सडकमा आउने समेत बताए । योगीले साहरुख खान लगायत केहि तथाकथित कलाकारको आवरणमा रहेका केहि मान्छे सेक्युलरको दुरुपयोग गर्दै भारत र हिन्दू बिरुद्ध सक्रिय रहेको आरोप लगाए । साथै यस्ता सेक्युलरलाई बहिस्कार गर्न समेत योगीले आव्हान गरे ।

यस अघि सन् २०१५ मा पनि योगी आदित्यनाथले शाहरुख खानलाई यस्तो आरोप लगाएका थिए । जसका कारण शाहरुख खानको कम्पनिले ठूलो घाटा बेहोर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array