अन्तराष्ट्रिय फुटबलबाट करिम बेन्जिमाको सन्यास घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड रहेका बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका हुन् ।

- Advertisement -
Ad imageAd image
प्रतियोगिताको दौरान चोट लागेपछि उनी विश्वकपको टिमबाट बाहिरिएका थिए । केहीले उनी आईतबार भएको फाइनलमा मैदान फर्कने अपेक्षा गरेका थिए । उनी रियल मड्रिडले खेलेको मैत्रीपूर्ण खेलमा देखिएका थिए ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पको टिमबाट फालिएपछि बेन्जिमाले कतार फर्कने अवसरलाई अस्विकार गर्दै आएका थिए ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

डेसच्याम्पले फ्रान्सेली फुटबल संघसँग बसेर नयाँ गन्तव्यको विषयमा छलफल गर्ने योजना बनाएका छन् । तर बेन्जिमाले त्यसअघिनै सन्यासको घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा प्रशिक्षक डेसच्याम्प र बेन्जिमाको सम्बन्ध राम्रो नभएको मानिन्छ ।

बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन् । उनले १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्