नियम विपरिति कर्जा लिने उद्योगी व्यवसायीे राष्ट्र बैंकविरुद्ध आन्दोलनको नेतृत्वकर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि नियम विपरिति कर्जा लिने उद्योगी व्यवसायीले आन्दोलनको नेतृत्व गरिरहेका छन् । नियम मिचेर बढि कर्जा लिएका नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन नगर्न उनले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । साथै उनी नेता र कर्मचारीमार्फत कर्जा सम्बन्धी मार्गदर्शन कार्यन्वयन कम्तिमा २ वर्षपछि गनुपर्ने भन्दै लविङ्ग गरिरहेको जानकारी दिइएको छ ।
अग्रवाल लगायतका व्यवसायीहरुले गभर्नरले अर्थतन्त्र डुबाएको आरोप समेत लगाउदै आएका छन् । गभर्नरविरुद्धको आन्दोलनमा सक्रिय अग्रवाल आफूले भने मापदण्डभन्दा बढी कर्जा उपभोग गरिरहेका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुसार अग्रवालको कम्पनी एमएडल्बूले ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिन पाउँदैन । तर, इक्राले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ पहिलो त्रैमासमा कम्पनीको कारोबार ६० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।
कम्पनीले अहिले लिएको ४ अर्ब ६ करोड रुपैयाँ बराबरको ऋण नै राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाभन्दा बढी भएको अवस्थामा कारोबार घट्ने प्रक्षेपण गरिएकाले कम्पनीले अहिले उपभोग गरिरहेको भन्दा करिब २ अर्ब रुपैयाँ कम मात्रै ऋण लिन पाउँने छ ।
यसरी लिइसकेको २ अर्ब रुपैयाँ ऋण बैंकलाई फिर्ता गनुपर्ने अवस्था आएपछि परिसंघ अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्धको आन्दोलनमा आक्रामक बनेका जानकारहरु बताउँछन् ।
चालू पुँजी प्रकृति बाहेकका कर्जामा सावाँ र ब्याजसहित किस्ता तिर्नु पर्ने भएकाले उद्योगी व्यवसायीहरु चालू पुँजी प्रकृतिको कर्जा लिन बढि जोड बल गर्ने गर्छन् । व्यवसायीहरुले एकपटक ऋण लिएपछि त्यसको सावाँ नतिर्ने र ब्याज तिर्न पनि चालु पुँजी कर्जा लिने विकृति मौलाउँदै गएको छ । त्यसलाई रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी नीति ल्याएको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array