भारतीय महिला सरगम कौशलले जितिन् मिसेज़ वर्ल्डको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

अमेरिकाको लास भेगसमा सम्पन्न  मिसेज़ वर्ल्ड २०२१/२०२२  प्रतियोगिता भारतीय महिला सरगम कौशलले जितेकी छन् । कौशलले २१ बर्षपछि भारतको लागि यो उपाधि जितेकी हुन् । यसअघि सन् २००१ मा भारतकी  डॉ. अदिति गोवित्रीकरले यो उपाधि जितेकी थिइन् ।

मिसेज वर्ल्ड सरगम कौशलको जन्म भारतको जम्मूमा भएको बताइएको छ । पेसाले उनी शिक्षिका र मोडल हुन् । उनको सन् २०१७मा भारतीय जलसेनामा कार्यरत अधिकृत आदित्य मनोहर शर्मासँग विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्