सरकारमा सहभागी हुने रवि लामिछानेको संकेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने संकेत गरेका छन् । सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै उनले आफ्नो पार्टीले सरकारमा नजाने निर्णय गरिनसकेको बताए । उनले आफ्नो पार्टीभित्र सत्ताको विषयमा छलफल भइरहेको जानकारी दिए ।

“हामी छलफलमा छौं  । सरकारमा जाने अथवा नजाने निर्णय गरिसकेका छैनौँ,” उनले भने ।

उनले पार्टीले संघीयता र प्रदेश संरचनाको विरोध नगरेको उल्लेख गरे । “हामीले प्रदेश चाहिँदैन भनेको होइन । कार्यकर्ता भर्ती गर्ने ठाउँ बनाउनु भएन,” उनले भने, “प्रदेश संरचनालाई सुधार गर्नुपर्छ भनेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

Array