नेप्सेमा सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ ।

आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ ।

- Advertisement -
Ad imageAd image

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्