माधव नेपाल संसदीय दलको नेता चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । सोमबार बकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो । प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array