मातृभाषामा शपथ लिने सांसदले सचिवालयलाई सूचना दिनुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदै छ ।

मातृभाषामा शपथ लिने सांसदहरूले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

- Advertisement -
Ad image

संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरूको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्