वामपन्थीको सरकार जनता अल्मल्याउने कुरा मात्र हो: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी दलहरू एक भएर सरकार बन्न नसक्ने बताएका छन् । पार्टीबाट निर्वाचित सांसदहरूको शुभकामना कार्यक्रममा बोल्दै उनले अहिले वामपन्थी दलहरू एक भएर सरकार बनाउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताए ।

एमालेतिर संकेत गर्दै उनले वामपन्थी सरकार जनता अल्मल्याउने कुरा मात्र भएको उल्लेख गरे । “कस्तो सरकार बन्ला भनेर चर्चा छ । वापन्थी दलहरू मात्र मिलेर सरकार बनाउने कुरा पनि छ,” उनले भने, “वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र हो । पहिले जस्तै भएको कुरा गुमाएर घर न घाटको हुने कुरामा हामी विश्वास गर्दैनौँ ।”

- Advertisement -
Ad imageAd image

नेता नेपालले आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको र सरकार बनाउने विषयमा आज पनि छलफल भएको जानकारी दिए । उनले अन्य दलमा संसदीय दलको नेता छानिएपछि सरकार बनाउने विषयलाई निर्णायक मोड लिने पनि उल्लेख गरे । साथै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल पछि सरकार गठनको समीकरण टुंगो लाग्ने पनि उनले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्