राष्ट्र बैंकको नीतिकै कारण नेपालीहरूको ठूलो रकम बच्योः गभर्नर अधिकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिकै कारण बिट्क्वाइन तथा क्रिप्टोकरेन्सीमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको बताएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बिट्क्वाइन तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताए।

उनले भने, ‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए । तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर सर्वसाधारणलाई पटक पटक सजग गरायौं । अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’

- Advertisement -
Ad image

गभर्नर अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउनेतर्फ तयारी गरिरहेको समेत बताए। ‘अब डिजिटल करेन्सीको विकल्प छैन,’ उनले भने, ‘भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नुपर्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्