एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य होइन: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको प्रष्ट पारेका छन् ।सोमबार चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डडले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताएका हुन ।

‘स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए ।

- Advertisement -
Ad image

उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्