काठमाडौँ – आज १९ डिसेम्बर- विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्।
हङकङ चीनको स्वामित्वमा रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो। बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो।
चीन–ब्रिटिस सन्धिसमेत भनिने उक्त सम्झौतमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए। सन्धिमा सन् १९९७ को १ जुलाइदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ।
एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो। अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो।
एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो। एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर १२ दिन बिताएका थिए।
क्लिन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो। भुटो अभिव्यक्ति दिएको र न्यायमा अवरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो। एक महिनापछि आजकै दिन माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो।


प्रतिक्रिया दिनुहोस्