कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति आज तय गरिने तयारी छ । सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्ने छ ।

दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ । समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ ।

- Advertisement -
Ad imageAd image
समिति सदस्यमा रसाइलीसहित पुष्पा भुसाल पनि छिन् ।

संसदीय दलको निर्वाचनका लागि हिजो तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । संसदीय दलको निर्वाचन एक/दुई दिनमै गर्ने तयारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्