जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।

त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ

- Advertisement -
Ad imageAd image

कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापाैं

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं

आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं

हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं

सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं

गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्