काठमाडौँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे २७ अंक घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंक घटेको छ।
यस दिन २५० स्टकको २६ हजार ६६१ पटकको कारोबारमा १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको ३७ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन इष्र्टन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सो कम्पनीको शेयरमूल्य २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रु रु जलविद्युत कम्पनी र पिपुल्स हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिडी हाइड्रोपावर र नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्इे वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


प्रतिक्रिया दिनुहोस्