प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदले पाए प्रमाणपत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई दिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्