एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामै १२ वटा पर्यटन जन्य उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कात्तिक महिनामा पर्यटन मूलक उद्योगमा १२ वटा प्रतिबद्धता आउँदा सेवामूलक उद्योगतर्फ १० वटा प्रतिबद्धता आएको छ । यस्तै, पूर्वाधारतर्फ १ र सूचना प्रविधितर्फ समान १ प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image

एक महिनामा आएका प्रतिबद्धताअनुसार एउटा ठुलो उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, ४ वटा मझौला र १९ वटा साना उद्योग स्थापनाको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योगहरूमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्