सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौँ: गोकर्ण विष्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले तत्कालका लागि सरकारमा नजाने बताएका छन् । सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताए ।

विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’

- Advertisement -
Ad imageAd image

आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए बताए । गुल्मी क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा चौथो पटक निर्वाचित भएका विष्टले गएको निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गरे ।

विष्टले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्