सुनको मूल्य पुनः १ लाखभन्दा माथि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सुनको मूल्य पुनः एक लाखभन्दा माथि पुगेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर पुनः एक लाखमाथि पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

- Advertisement -
Ad image

आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। यस दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: