प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन्।

मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैकबाट उक्त रकम निकालेको उनीमाथि आरोप छ।

- Advertisement -
Ad imageAd image

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा झिकेको प्रमाणसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेको पंगेनीले बताए।

महामहन्त दासलाइ रुपन्देही पठाइएको छ। दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा ट्रान्सफर गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्