महालक्ष्मी विकास बैङ्कले प्रतिशत लाभांश दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – महालक्ष्मी विकास बैङ्कले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैङ्क सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैङ्कले सेयर धनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

- Advertisement -
Ad image

बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्