क्रोएसिया मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गर्दै कतारमा जारी विश्वकप फुटवल २०२२ मा तेस्रो भएको छ ।
खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफ खेलको सातौं मिनेटमा भार्डियोलले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेट नबित्दै मोरक्कोका दारीले बराबरी गोल फर्काए ।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ओर्सिचको गोलमा क्रोएसियाले अग्रता २–१ बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र क्रोएसिया विजयी बन्यो ।
२०१८ को उपविजेता क्रोएसिया १९९८मा विश्वकप फुटबलमा पहिलो सहभागितामै तेस्रो भएको थियो । १९९८को विश्वकपमा डेभोर सुकरले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।


प्रतिक्रिया दिनुहोस्