प्रम देउवा र प्रचण्डबीच भेटवार्ता:एमालेको सहयोगमा कांग्रेसले सरकार बनाए शुभकामना दिनेछु – प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । श्रोतका अनुसार भेटमा प्रचण्डले प्रम देउवालाई कांग्रेस र एमाले मिलेर सरकार बनाउने हो भने त्यसलाई आफूले सकारात्मक रुपमै लिने र शुभकामना नै दिने बताएका छन्  ।

प्रधानमन्त्री निकट विस्वस्त श्रोतका अनुसार भेटमा प्रचण्डले गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । प्रचण्डले पहिलो चरणमा आफू प्रधानमन्त्री हुन नपाए दोस्रो चरणमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने सम्भावना नदेखेको बताए ।

- Advertisement -
Ad image

यस्तै प्रचण्डले कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोजिएको हो भनेर समेत प्रधानमन्त्री देउवालाई सोधेका थिए । साथै कांग्रेस र एमाले मिलेर सरकार बनाउने हो भने आफ्नो कुनै आपत्ति नरहेको समेत बताएका थिए । एमालेसँग मिलेर सरकार बनाउने हो भने त्यसलाई आफूले सकारात्मक रुपमै लिने र शुभकामना नै दिने बताएका छन्  ।

प्रचण्डको प्रस्ताव र सवालमा देउवाले पहिले गठबन्धनको बैठक बसेर छलफल गरेर अघि बढ्ने जवाफ दिए । प्रधानमन्त्री देउवाले एमालेसँगको सहकार्यबारे कुनै जवाफ दिएनन् । यसले प्रचण्डको सवालको जवाफ प्रम देउवाले मौन रूपमा दिएको बताइएको छ ।

पछिल्लो समय प्रम देउवा आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेको समर्थन जुटाउन प्रयासरत रहेको श्रोत को दाबी छ । एमाले अध्यक्ष ओली समेत यसको निम्ति सकारात्मक रहेको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्