काठमाडौं–
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई दिउँसो तीन बजे आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निमन्त्रणा गरिएको प्रधान्मन्त्री कार्यलयले जानकारी दिएको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनको लागि कुरा अघि बढाइरहेको छ । साना दलसँग वर्तालाभ गरिहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपति समक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा पनि सुरु भैसकेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
आज कांग्रेसका नवनिर्वाचित सांसदको भेला ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा

प्रतिक्रिया दिनुहोस्