सञ्चारमाध्यमले सत्य, तथ्य र निष्पक्ष समाचार मात्रै सम्प्रेषण गर्न मन्त्री कार्कीको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन्।

शुक्रबार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताए।

- Advertisement -
Ad imageAd image

उनले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गरे। सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उनको आग्रह छ।

उनले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गरेका हुन्। मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताए। प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उनले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे।

‘हामी प्रेस स्वतन्त्रतालाई केन्द्रमा राख्छौँ तर प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसंगतिहरु देखा परिराखेका छन् त्यसलाई पनि हामीले मध्यनजर गरेर अगाडि बढ्न सकेनौँ भनेदेखि त्यसले समाजमा पारेको प्रभावको बारेमा पनि हामी सचेत हुन जरुरी छ। उनले भने, ‘मैले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि गोरखापत्र र राइजिङ नेपाल जो सरकारी मुखपत्रको रुपमा पनि यसलाई लिइन्छ र कुनै न कुनै रुपमा त्यो वास्तविकता पनि हो। किनभने विश्वसनीय समाचार समाज र नागरिकले खोजेको छ। तर यसलाई सरकारको स्तुतिगान गर्ने पत्रिकाको रुपमा नलानुस्। जे सत्य, तथ्य छ जे निष्पक्ष छ त्यतातर्फ ध्यान दिनुस्।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्