आपराधिक पृष्ठभूमि भएकालाई सजाए काटेको पाँच वर्षसम्म संस्थापक सेयर किन्न रोक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
आपराधिक क्रियाकलापमा सजाय भुक्तान गरेको पाँच वर्ष काटेका व्यक्त्ति अब बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अकृतित (सिइओ) बन्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७८ संशोधन गर्दै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष पूरा भइसकेको हुनु पर्ने नयाँ व्यवस्था गरेको हो ।
साथै,बैंक तथा वित्तीय संस्थाका संस्थापकले आफ्नो स्वामित्व आपराधिक पृष्ठभूमि देखिएको व्यक्तिलाई बिक्री गर्न रोक समतेत लगाएको छ । यस्ता पृष्ठभूमिमा भएका व्यक्तिले सफाई पाएर पाँच वर्ष व्यतीत गरेपछि मात्र संस्थापक सेयर किन्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि पूर्व कार्यकालमा राष्ट्र बैंकबाट निलम्वन वा अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटानमा सजाय काटेका मात्र सीइओ बन्ने व्यवस्था थियो। नयाँ व्यवस्थले भने अपराधिक क्रियाकलापमा सजाय काटिसकेका व्यक्तिलाई पुनः सीइओ बन्ने मौका दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भ्रष्टाचार आरोपमा सजाय पाएका भने सिइओ पदमा बस्न अयोग्य हुने भनेको छ ।
यसअघि टाट पल्टेको र बेइमानी अथवा जालसाजीको आरोपमा सजाय पाएका व्यक्ति मात्र सीइओ बन्न नपाउने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

Array