कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न पाउनु पर्ने माओवादीको दावी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
नेकपा माओवादी केन्द्रको बिहीबार बसेको प्रदेश कमिटीको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने भन्दै दावी गरेको छ । कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यस पटक चुनावमा कर्णालीमा माओवादी पार्टीको उपस्थिती बलियो रहेको प्रदेश अध्यक्ष विमला केसीले बताएकि छन् । ‘त्यसैले कर्णाली सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
बैठकले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल माओवादीकै नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझावमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array