नेपाल वायुसेवा निगम र आन्दोलनरत क्याविन क्रु संघबीच मौखिक सहमति,उडान सुचारु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

नेपाल वायुसेवा निगमले आन्दोलनरत नेपाल वायू सेवा निगम क्याविन क्रु संघसँग करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने सहमति गरेको छ । आन्दोलनरत नेपाल वायू सेवा निगम क्याविन क्रु संघ र  निगमको व्यवस्थापनबीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी मौखिक सहमति भएको निगम स्रोतले जनाएको छ ।

हिजोबाटै उडान बन्द गरेर आन्दोलित बनेका भएपनि नेपाल वायू सेवा निगम क्याविन क्रु संघले आजै विहान मात्र विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभएसम्म उडान नगर्ने जनाएको थियो । निगममा करिव १६० भन्दा बढी क्याबिन क्रु कार्यरत रहेको र सवै क्याबिन क्रुको नियुक्ति  करारकै हुने व्यवस्था रहेको नेपाल वायू सेवा निगम श्रोतले बतायो ।

- Advertisement -
Ad imageAd image

वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनको निकटको चाहि नविकरण गरिदिएको र बाँकी अरुको नबिकरण नगरी काममा लगाएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्