देशको अहितमा रहेको अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई भीम रावलको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुनेगरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरे । अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको उनको आरोप छ ।

- Advertisement -
Ad imageAd image
रावलले छैटौँपटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पूनरावृत्ति भएको महसुस हुने पनि उल्लेख गरे ।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानुन भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गल्ती भएको उनको भनाइ छ ।

रावलले नेपालका शीर्ष नेताहरुले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदूतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाए ।

रावलले प्रधानमन्त्री आलोपालो हुने भन्ने विषय र संवैधानिक निकायमा भागबण्डाको कुरा चलिरहेको भए पनि देशको गम्भीर सवालमा दलहरुले ध्यान नदिएको गुनासो गरे । उनले नयाँ सरकार गठनमा पनि कमसेकम समान दृष्टिकोण भएकाहरु मिल्नुपर्नेमा जोड दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्