काठमाडौँ – करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका छन् ।
म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा उनीहरूले धर्ना दिएका हुन् ।
करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाई गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहिबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाजमा गएका छैनन् ।
निगममा करारमा रहेका झन्डै १२० जना क्याविन क्रु धर्नामा रहेका छन् । निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याविन क्रु संघले एक विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गरेको छ । मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याविन क्रुमा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्